भरतपुरको नयाँ मेडिकल कलेज अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेकाे छ । करिब २ बजेर ४० मिनेटतिर देखिएको उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले ४ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको हो ।
एक जनाले स्कुटरमा आएर छाडेको उक्त शंकास्पद वस्तुलाई भरतपुर ब्यारेकको सेनाको टाेलीले निष्क्रिय पारेको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तमाङले बताए । सेनाले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ । बमको आशंका गरिएको उक्त वस्तु तर्साउने मनसायले राखिएको पाइएको उनले बताए ।
पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले दुईतर्फी नै सवारी साधन रोकेर उक्त वस्तु डिस्पोज गर्ने काम थालेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |