मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा जुवाको खालबाट पक्राउ परेका ३३ जना जुवाडेलाई तिहार र छठ पर्व मनाउनका लागि छोडिएको छ ।
लगातार बिदा परेकाले आउँदो कात्तिक १४ गते कार्यालय खुलेको दिनमा प्रहरीमा हाजिर हुनेगरी चार्डपर्व मनाउन छोडिएको हो ।
तिहार, छठ पर्व भएकाले र यसै बीचमा बिदा पनि परेकाले कार्यालय खुलेको दिनमा हाजिर हुनेगरी छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेकालाई अनुसन्धान अधिकृत र सरकारी वकिलको समन्वयमा आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको थियो ।
अस्थायी प्रहरी पोष्ट थानाभर्याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुर खटिएको प्रहरी निरीक्षकको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ३३ जना र अभद्र व्यवहार गरेको आरोपमा एक महिला गरी ३४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले म्याद थप गरेर मुद्धा दर्ता गर्न बाँकी छ ।ujyalo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |