निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका सामग्रीको ढुवानी सुरु गरिएको आयोगले जनाएको छ ।
हिजोदेखि सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन् । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानीको काम भइरहेको जनाएको छ ।
मतपत्र ढुवानीको काम पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फको मतपत्र ८ वटा जिल्ला बाहेक सबै जिल्लामा ढुवानी भइसकेको आयोगले जनाएको छ । केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको छ । आयोगका अनुसार प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ ।-ujyalo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |