माडी नगरपालिका-४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या भएको माडी प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन ।
अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित व्यक्तिको पहिचान नखुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । नेपालीको शुक्रबार राती करिब १० बजे हत्या भएको अनुमान गरिएको छ ।
घटनास्थलमा अत्यधिक रगत बगेको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए । नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा आरोपितले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |