जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
एकतर्फी रुपमा जगातीबाट काठमाडौँ जाँदै गरेको बा६च ८८५८ नंको कार, बा५५प९९२२ नं मोटरसाइकल र बा४ख५७९६नंको बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचागु घर भई हाल काठमाडौँ बौद्ध बस्ने ६ वर्षीय आर्जन शेर्पाको आज नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक मृतक बालकका पिता ४९ वर्षीय ढावा शेर्पाको भने भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले दुर्घटना भएका तीन वटै सवारीसधान र बस चालक दोलखा भिमेश्वर नगरपालिका–४ जिलु बस्ने २६ वर्षीय भरत चौलागाँई र कार चालक भक्तपुर नगरपालिका–२ इताछे बस्ने २६ वर्षीया रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार एक पैदल यात्रुले अचानक बाटो काटेपछि अगाडि रहेको कारले ब्रके लगाउँदा पछाडि रहेको मोटरसाइकल कारमा ठोक्किएर लडेको र पछाडि आइरहेको बसले मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिएको हो । मोटर साइकलमा सवार महिलालाई भने केही नभएको प्रहरीको भनाइ छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |