भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित तीनजनाको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया-४ पननीमा साेमबार बिहान ५ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।
छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवातर्फबाट गएको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ पर्न सकेका छैनन् । मृतक र घाइते एकै गाउँको रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा ओमसतिया-४ पननीकै वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु छन् । त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |