धादिङ,१७ कात्तिक ।
भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमी हलेसीमार्ट नजिकै बागमती ए ए ए २६८७ नम्बरको स्कुटर र बागमती प्रदेश–०२–०३७ प १८५२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडि सवार धादिङ गजुरी गाउँपालिका–७ घर भई काठमाडौंको नयाँ बजार बस्ने १७ वर्षीया आयुषा सुवेदीको मृत्यु भएको हो ।
दुर्घटना हुँदा उक्त सवारीसाधनमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।घाइतेको उपचारको लागि उनीहरूलाई विभिन्न अस्पताल लगिएको थियो।
सुवेदीको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको डिएसपी पाण्डेले बताए।झापा कमल गाउँपालिका घर भई सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने १८ वर्षीय करण दाहाल सामान्य घाइते भएका थिए। उनलाई उपचारपछि डिस्चार्ज भएर प्रहरी वृत्त ठिमीमा राखिएको छ।
स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका–२ मगरगाउँ बस्ने ३५ वर्षीया पुष्पा थापामगर र उनका ७ वर्षीय छोरा समर्जन थापामगरको बिएन्डबी अस्पातलमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा छ।प्रहरी वृत्त ठिमी भक्तपुरबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |