निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु आजबाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहिता पालना गर्न सबैलाई सचेत गराएको हो।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिनअघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, र्याली, गर्दा आचारसंहितामा निर्धारण भएका कुराहरुको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरुसँग अपिल गरे।
उनले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने र मतदान सुरु हुनपूर्वको ४८ घण्टा कुनै पनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पारे।
उनले भने, ‘निर्वाचन मंसिर ४ गते बिहान ७ बजेबाट सुरु हुन्छ। त्यो भन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसार गर्न पाइँदैन भनेर निर्वाचन कसुर तथा सजाय ऐनले व्यवस्था गरेको छ। पहिला हामीले गरिआएको अभ्यास मौन अवधि हो।’
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |