बैंकहरूको चर्को ब्याजदर र राष्ट्र बैंकको चालू पुँजी निर्देशिकाका कारण मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण खस्कँदै गएको भन्दै निजी क्षेत्रले सुरु गरेको आन्दोलन देशव्यापी हुने भएको छ ।
शुक्रबार राजधानीको माइतीघर मण्डलामा सांकेतिक प्रदर्शनसँगै सुरु भएको आन्दोलन देशव्यापी गर्न लागिएको निजी क्षेत्रका अगुवाहरूले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंसहित बागमती प्रदेशका उद्योग वाणिज्य संघहरू तथा विभिन्न वस्तुगत संघले सुरु गरेको यो आन्दोलनमा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू नै सहभागी भएका छन् । यद्यपी महासंघले संस्थागत रुपमा भने यसको अपनत्व लिइसकेको छैन्।
बागमती प्रदेशका उद्योगी व्यवसायीपछि प्रदेश १ का व्यवसायीहरूले पनि आन्दोलन सुरु गदैछन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले बैंक तथा वित्तीय संस्थामा वृद्धि भइरहेको व्यावसायिक ऋणको ब्याज कम गराउन पहिलो चरणको चार दिने आन्दोलनको घोषणा गरेको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |