जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूकाे गुनासो छ ।
ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विराेधमा उत्रिएका जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रकाउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् ।
उनीहरूले आज सामान्य रुपमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउन गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले प्रहरी लगाएर पक्राउ गरेको भन्दै सडकमा प्रदशन गर्दै फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाई रिहाई गर्न माग गरेका हुन् ।
स्थानीय रामबाबु यादबका अनुसार पटकपटक नगर सरसफाईका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाई नभएपछि ताला लाउन बाध्य भएको बताए ।
फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको यादवको भनाइ छ । ‘हामी कार्यालयमा दबाब दिँदादिँदा थाकिसक्यौँ । सफा गर्छौँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि ताला लगाएका हौं । उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले उल्टै प्रहरी लगाएर वडा अध्यक्ष पक्राउ गर्न लागाए । यसबाट समेत प्रष्ट हुन्छ की नगर फोहोर व्यवस्थापनमा ध्यान दिFदैन ।’
प्रहरीले भने जितपुरसिमरा उपमहानगरपालिकाको भवनमा यस क्षेत्रको निर्वाचन कार्यालय रहेको र निर्वाचन कार्यालय प्रमुखले तालाबन्दी गरेको भन्दै खबर गरेकाले वडा अध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |