देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि सञ्चालन गर्दै आईरहेका फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको पाचँखाल नगरपालिका–९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गिता थापा मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको भिमफेदी गाउँपालिका–२ चुनियास्थित जंगलमा हाल पहिचान नखुलेका पुरूषको शव आइतबार फेला परेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–४ मा बस्ने ४१ वर्षीय हर्क साउद आफ्नै काकीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–२ हाटबजारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजबिराज नगरपालिका–६ बस्ने ३५ वर्षीय प्रताप राई छिमेकीको टवाईलेट माथि ढलानमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |