अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।
टंगालस्थित आफ्नै कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वाेच्च अदालतमा निवेदन दिएको जनाएको हो ।
विशेष अदालतबाट भएका सफाइ दिने फैसलाप्रति चित्त नबुझेपछि आयोग पुनरावेदनका लागि सर्वोच्च अदालत गएको हो । पुनरावेदन गरिएको १२४ मुद्दामा २५१ प्रतिवादीविरुद्ध ४२ करोड १६ लाख २६ हजार ४६२ बिगो दाबी गरिएको छ ।
राजश्व चुहावट, घुस, सामाजिक सुरक्षाभत्ता हिनामिना, गैरकानुनी सम्पत्ति आर्जन, प्रश्नपत्र गोपनीयता भंग, गलत प्रतिवेदन, झुट्टा बिल भरपाई, नक्कली बैंक ग्यारेन्टी, गुणस्तरीयहीन सामान खरिद लगायत आरोपका मुद्दामा विशेष अदालतबाट सफाइ पाएका उक्त मुद्दालाई पुनरावेदनका लागि आयोग सर्वाेच्च अदालत गएको हो ।
न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको गुनासो छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |