कार्यस्थलमा महिनावारी हुँदा सरसफाइमा सजिलोका लागि महिला म्यादी प्रहरीलाई दैलेख प्रहरीले स्यानिटरी प्याड वितरण गरिएको छ ।
गएको वैशाखमा भएकाे पालिका चुनावमा महिला म्यादी प्रहरीले असजिलो भोगेको भन्ने गुनासोका आधारमा यस पटक स्यानिटरी प्याडकाे प्रबन्ध गरिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले बताए ।
दैलेखका तीन सय ५६ महिला म्यादी प्रहरी र जिल्लाभरका १३ महिला प्रहरीसमेत तीन सय ६९ जना महिला प्रहरीलाई प्याड दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेल इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) सुशीला भूसालले जानकारी दिए ।
‘अघिल्लो चुनावमा महिला म्यादी प्रहरीहरूले फिल्डमा गएको बेला महिनावारी हुँदा कष्ट भोगेको भन्ने गुनासो आएकोले यस पटक सामुदायिक प्रहरी कार्यक्रमको साझेदारीमा हरेकलाई तीन प्याकेटका दरले वितरण गर्याैँ’, असई भूसालले सुनाए ।
कार्यस्थलमा खटिएका महिला म्यादी प्रहरीको स्वास्थ्यप्रति जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको याे सहयोग भावनात्मक हिसाबले ठूलो भएकाे महिला सशक्तिकरण मञ्च दैलेखका पूर्वअध्यक्ष डिलकुमारी चन्दले प्रतिक्रिया दिए । चुनावका बेला विकट गाउँमा पुगेका महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड वितरणले दत्तचित्तका साथ काममा खट्न सहयोग पुग्ने उनकाे भनाइ छ ।
महिला म्यादी प्रहरीलाई कार्यस्थलमा खटिएको बेला स्यानिटरी प्याड वितरण गरिएकाे नेपालमै यो पहिलो हो । दैलेख प्रहरीले उच्चतम मानवीयता देखाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) माधव श्रेष्ठले बनाए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |