सिन्धुलीको मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लो लगायत छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |