भारतबाट नेपाल भित्र्याई भण्डारण गरिएको अवस्थामा नेपाल प्रहरीले ठूलो परिमाणमा चिनी र डीएपी रासायनिक मल बरामद गरेको छ।
सीमा वारिपारिको कारोबार गर्ने तस्करहरूले भारतीय बजार घोडासहानबाट ल्याएर भण्डारण गरिएको अवस्थामा १ सय ५९ बोरा चिनी र २५ बोरा डीएपी रासायनिक मल बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालयको टोली र प्रहरी चौकी मठियाको संयुक्त टोलीले रौतहटको इशनाथ नगरपालिका-४ लतमरीस्थित सीमावर्ती क्षेत्रबाट अवैधरूपमा नेपाल भित्र्याएको करिब ७ लाख मूल्य बराबरको चिनी र रासायनिक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले बताए।
बरामद गरिएको ६ लाख ९८ हजार मूल्य बराबरको चिनी र डीएपी रासायनिक मल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |