धादिङ,२५ कात्तिक।
ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलबाट ग्रिन टीको नाममा नियन्त्रित लागुऔषध खात कारोबार गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका घर भएका २८ वर्षीय राम कुमार श्रेष्ठ र ललितपुर धापाखेल घर भएका ३६ वर्षका कविराज खड्का रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
लामो समय सुचना संकलन गरेर कार्तिक २७ मा ग्रिन टि भनेर बेचविखन हुने गरेको लागुऔषध ‘खात’ ४८० किलो, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो।
खड्काको घर कम्पाउण्डमा बा.२० च १५८ नम्बरको बोलेरो जिपमा प्याक गरेको अवस्थामा २२० केजी र घरमा लुकाएर राखेको अवस्थामा २६० काटुर्न खात प्रहरीले बरामद गरेको हो ।
केहो खात ?
खात एक प्रकारको बनस्पती हो, जसलाई १९८० मा विश्व स्वास्थ्य संगठनले ‘लागुऔषध’ बर्गिकरण गरेको थियो । यमन तथा ईथियोपिया लगायतका अफ्रिकन मुलुकमा खातको खेती हुने गर्छ ।
‘खात’को प्रयोग गर्दा प्रयोगकर्तालाई भोक नलाग्ने र क्यान्सर समेत हुनसक्छ । यसलाई ‘सोमाली टि’ र ‘अरेबियन टि’ पनि भनिन्छ । यसलाई चपाएर, चुरोट जसरी वा ग्रिन टि खाएर जसरी पनि खाने गरिन्छ ।खातलाई अमेरिकामा १९७१ मे १ देखी प्रतिबन्ध लगाइएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |