तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशको कमान्डो भएको बताएका छन् । उनी अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता राईले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम उँचो बनाउने काम खेलाडीले गर्ने भएकाले उनीहरु हरेक देशका सच्चा कमान्डो भएको बताए । ‘विश्वमा देशलाई चिनाउने र राष्ट्रको झण्डा फहराउने काम त्यहाँका खेलाडीले गर्छन् । त्यसैले खेलाडीहरु हरेक देशका कमान्डो हुन्’, राईले भने ।
आधुनिक कालको फकल्यान्ड युद्ध वा अफगानिस्तानमा तालिबानविरुद्धको लडाई, गोर्खालीले देखाएको साहस र बहादुरीको बखान अहिले हुने बताउँदै उनले गोर्खाली सेनाको बहादुरी, साहस र जीवन संघर्षलाई आधार बनाएर नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ निर्माण गरिएको जानकारी दिए । उनले सन् १९९८ मा निर्माण भएको ‘द कमान्डो’ चलचित्रलाई आधार बनाएर ‘सोल अफ द कमान्डो’ निर्माण गरिएको बताए ।
युवराज राईको निर्देशनमा बनेको निर्माण भएको ‘सोल अफ द कमान्डो’ आगामी मंसिर २३ गतेबाट नेपाल अधिराज्यभर एकैसाथ प्रदर्शन हुँदैछ।
चलचित्रमा राजकुमार राईसँगै कमला खापुङ लिम्बू, सेसुका राई, शिशिर वाङ्देल, नरेन खड्का, संगीता लावती, पुष्पा श्रेष्ठ, एञ्जल राई, पूर्ण लिम्बू, नरेन्द्र लिम्बू, रुपेश झा, टिकाराम ठकुरी, सोनिका राई, सीमा राईलगायतको अभिनय छ । ‘सोल अफ द कमान्डो’को निर्मातामा विजया राई, रवि थापा, मिलन राई र डेनी लिम्बू छन् । चलचित्रमा एनबी महर्जन र सानुकुमार महर्जनको द्वन्द्व, सिमोन राजवंशीको कोरियोग्राफी र दीर्घ गुरुङको छायांकन छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |