शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका-२ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका-५ बगरवा घर भएका २५ वर्षीय नबिन कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासी रडले प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |