धादिङ,२६ कात्तिक
धादिङको ज्वालामुखी गाउँपालिका–४ टारीमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।
टारीबाट अर्याल गाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धान पराल बोकेको बोलेरो शनिबार राति ८ः२० बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट करिब ५० मिटर तल खसि दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका–४ का ३५ बर्षिय उत्तम अर्याल रहेको साँध भन्ज्याङ्ग प्रहरीले जनाएको छ। अर्यालको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परि घाईते हुनेहरुमा बोलेरो चालक ज्वालामुखी–४ अर्याल गांउ बस्ने बर्ष २० को समिर गदेल, बर्ष ३१ को प्रकाश अर्याल, बर्ष ३८ को सोम बहादुर दुवाडि, बर्ष ४२ को राम बहादुर बि.क., बर्ष ५२ को किसन बि.क. र बर्ष १५ को प्रितम गदेल रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको उद्धार गरी धादिङ अस्पताल ल्याइएको छ। तस्विर :हरि दनै
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |