देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ थुमुवास्थित सडकमा हाल नम्बर नखुलेको गाडीले लु.४९ प ४१८१ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाणगंगा नगरपालिका–५ कोपवा बस्ने २६ वर्षीय प्रदिप चौधरी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्करमा संलग्न गाडी तथा चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुग्लाहास्थित सडकमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ७७२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका मुग्लाहा बस्ने ६५ वर्षीया कपुर निशा छन् । उनको आइतबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
बाराको निजगढ नगरपालिका–१ चौबाटोस्थित सडकमा ना.६० प ८६६७ नम्बरको स्कुटर आइतबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने २७ वर्षीया रितिका गुरोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि वीरगन्ज नेशनल हस्पिटल पर्सा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार उनको श्रीमान र छोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापाको दमक नगरपालिका–५ स्थित सडकमा प्र.१–०२–०४५ प १८५३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने ३० वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई लाईफ लाईन अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि बिर्तामोड रिफर गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |