अभिषेक सुनारले नक्कली सुन राखेर दुईवटा बैंकबाट कर्जा लिए । एउटा मात्रै होइन, दुई वटा बैंकलाई झुक्याउँदा समेत पत्तो पाएनन् । उनले विरौटाको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार कर्जा लिए ।
पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारले समयमा कर्जा र ब्याज तिरेनन् । लामो समय कर्जा नतिरेपछि छानविन सुरु भयो । उनले राखेको सुन नक्कली भएको पत्ता लाग्यो । प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको छ ।
कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली भएको खुलेको हो । प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।
सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |