वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन । यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो ।
अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी दिनुभयो । आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उहाँले बताउनुभयो । भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उहाँको भनाइ छ । सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।
जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उहाँको भनाइ छ । उहाँका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पु¥याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो । विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पु¥याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो । विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्ने छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |