भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बताए । भारतीय सुरक्षा निकायसँग बैठक गरेर यसअघि नै निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमा सिल गर्ने निर्णय भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |