धादिङ,२९ कात्तिक ।
धादिङका नौ जनाले मात्रै इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित जिल्ला सुरक्षा समितिको आग्रहपछि जिल्लाका ९ जनाले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । उक्त नौ जनाले विभिन्न किसिमका १४ वटा बन्दुक बुझाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । हतियार बुझाउने क्रम अझै जारी रहेको र बुझाएको हतियार निर्वाचनपछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मङ्सिर १ गतेभित्र हतियार बुझाउन आग्रह पनि गरेको छ ।
हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले कात्र्तिक २ गते सूचनानै निकालेर आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको थियो । जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचन सम्पन्न भएको १ हप्ता पश्चात् फिर्ता हुने जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियारधनीहरूलाई अनुरोध गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |