जवाफदेहिता निगरानी समितिले राष्ट्रिय मानवअधिकार आयोगलाई अक्टोबरमा ‘क’ बाट पुनःमूल्याङ्न गरी ‘ख’ मा झार्न सिफारिस गरिएकोप्रति आपत्ति जनाएको छ ।
मानव अधिकार आयोगको अन्तर्राष्ट्रिय संस्था ग्लोबल एलाएन्स अफ नेशनल ह्युमन राईट्स इन्ष्टिच्यूटले नेपालको अन्तर्राष्ट्रिय रुपमा गरिने ग्रेडिङबाट झार्न गरिएको सिफारिसप्रति आपत्ति जनाएको हो ।
मानव अधिकार आयोगजस्ता निकायमा हुनसक्ने राजनीतिक हस्तक्षेप रोकी त्यस्ता निकायको स्वतन्त्रता कायम राख्ने उद्देश्यले गरिने हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकको शिर निहु¥याउने यस्ता निर्णय सच्याउन र गम्भीर हुन सम्बन्धित निकायलाई समितिले आग्रह गरेको छ ।
समितिका संयोजक चरण प्रसार्इंले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि गाँसिएको आयोगका पदाधिकारीलाई निरन्तरता दिँदा मानवअधिकार क्षेत्रमा नेपालले लज्जास्पद स्थिति ब्यहोर्नु परेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड (पेरिस प्रिन्सिपल) विपरीत निहीत राजनीतिक स्वार्थमा गैरसंवैधानिक ढङ्गबाट आयुक्त नियुक्त गरिँदा यसको स्वायत्तता, स्वतन्त्रता, निष्पक्षता तथा सक्षमतामाथि अन्तर्राष्ट्रियस्तरमै गम्भीर प्रश्न उठ्नसक्ने विषय भएको उहाँको भनाइ छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |