धादिङ,०३ मंसिर ।
भोलि हुने निर्वाचनमा सहभागि हुने मतदातालाई मतदान गर्न सहज बनाउन धादिङसहित देशैभर सुरक्षाकर्मीहरु खटिएका छन्। ११४ मतदान स्थल र ३०३ वटा मतदान केन्द्र रहेको धादिङमा एक हजार ६८८ जना म्यादी प्रहरीसहित २ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीका अनुसार निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पुरा भएको छ।
जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाको कुल ११४ मतदान स्थल मध्ये १०४ वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ ।भयरहित वातावरणमा निर्वाचन गराउन सक्षम रहेकोे भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।
धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् । जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |