सामूहिक राजीनामाले ट्विटरमा अराजक वातावरणलाई औंल्याए पनि एलोन मस्कले दैनिक सक्रिय प्रयोगकर्ताहरू बढेको बताएका छन् । एक ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले यस्तो जानकारी गराएका हुन् । ‘ट्विटरले गत हप्ता १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो, जुन अहिलेसम्मकै उच्च हो,’ विद्युतीय सवारी टेस्लाका मालिकसमेत रहेका मस्कले भने ।
केही दिनअघिमात्र मस्कले कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न आदेश दिएका थिए । उक्त आदेशले अपाङ्गता भएका कामदारमाथि भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको थियो ।
क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |