धादिङ,०९ मंसिर ।
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन हुनेछ । अभियान अन्तरगत धादिङ सहित देशैभर बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।
धादिङबेशीमा आज प्रभातफेरीसम्पन्न भएको छ । पुछारबजारबाट शुरु भएको प्रभातफेरी सिरानबजार पुगी कोणसभामा परिणत भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नीलकण्ठ नगरपालिकका उप मेयर दिपक बिश्वकर्मा,जिल्लाका बिभिन्न क्रियाशिल संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैगरी दिवसको अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीे र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको उपस्थितिमा सेतो रिबन हस्तारण गरी अभियान शुभारम्भ गरिएको छ ।
सेतो रिबनमा उल्टो ‘ख’ को अर्थ हिंसा नसहने, नगर्ने र विरुद्ध खुलेर बहिष्कार गर्नु हो ।कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्देश्य र कार्यान्वयनका विभिन्न पाटो पक्षका बारेमा जानकारी गराइयो । संवैधानिक निकायका सदस्यसहित काठमाडौँका स्थानीय तहका उपप्रमुखको उपस्थिति रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |