लमजुङ प्रहरीले सुन सफा गर्छु भन्दै सक्कली सुन आफुले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले सुन सफा गरी तौल कम पारी ठगी गर्ने भारतिय नागरीक बर्ष २४ का बिबेक कुमारलाई बिहीबार जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर.३ खुदीबाट पक्राउ गरेको हो ।
विवेकले मस्र्याङदी गाउँपालिका ३ खूदी स्थित सुनको गरगहना सफा गरी चम्कने बनाईदिन्छु भनी विश्वासमा पारी स्थानिय ३ जना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई बिभिन्न रासायनिक पदार्थको प्रयोगबाट ठगी गरेको उजुरी आएपछि विवेकलाई पक्राउ गरीएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
पक्राउ परेका भारतिय नागरीक बिबेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट बिहीबारदेखि लागु हुने गरी दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |