जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका.६ जलजले बजारका कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
चोरीको मोटरसाइकल डोर्याउँदै लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले रामेछाप मन्थली नगरपालिका.१ का २७ वर्षीय बिक्रान्त थापा मगरलाई पक्राउ गरेको हो ।
प्र ३–०२–००१ प २०७५ नम्बरको मोटरसाइकलसहित थापा मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापालाई सोधपुछ गर्ने क्रममा सो मोटरसाइकल चोरीको रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका.१ का २७ वर्षीय थापा मगर, ललितपुर गोदाबारी नगरपालिका.३ का २७ वर्षीय सुमन बिष्ट र त्रियुगा नगरपालिका.१६ का ३१ वर्षीय बिर्ख तामाङ रहेका छन् ।
चोरी घट्नामा संलग्न रहेका बिष्ट र तामाङलाई प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले सुकौरा बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा चोरीको मोटरसाइकल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका.९ आरुबोटका कृष्णबहादुर घलेको रहेको खुलेको छ ।
चोरीको मोटरसाइकल र नियन्त्रण लिइएका मानिससमेतलाई घट्नास्थल प्रहरी वृत्त सातदोबाटो ललितपुर भएकोले आवश्यक कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |