हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति सुदूरपश्चिम र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको आकलन छ ।
शुक्रबार सुदूरपश्चिम र कर्णाली लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ ।
पछिल्लो समय तराईमा हुस्सुरकुहिरो लाग्न थालेको छ । मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |