सप्तरीको कञ्चनरुप नगरपलिकाले वितरण गर्न ल्याएको गहुँ बीउ चोरेर लग्दै गर्दा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रामसेवक यादवलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।
कञ्चनरुप नगरपालिकामा गहुँको बीउको अभाव भएका बेला स्वास्थ्य शाखा प्रमुख यादबले हेल्थ लेखेको गाडीमा बुधबार एक बोरा गहुँ लैजाँदै क्रममा स्थानीयले पक्राउ गरेका हुन् ।
स्वास्थ्य शाखाका अधिकृत यादवले कञ्चनरुप नपाका ८ स्थित मगर टोल नजिक ३०१०२३ च ६५४२ नम्बरको गाडीमा बिउ लैजाने क्रममा पक्राउ गरिएको जनमत पार्टी कञ्चनरुपका नगर अध्यक्ष अनिल पंजियारले जाननकारी दिए । स्वास्थ्य शाखा अधिकृत गाडी समेत इलाका प्रहरी कार्यालय कंचनपुरको जिम्मा लगाएको छ ।
यादव भने गाडीमा गहुँको बोरा रहेको आफू थाह नभएको जिकिर गर्छन् । इलाका प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले यस विषयमा अनुसन्धान भइरहेको बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |