धादिङ,१५ मंसिर ।
धादिङमा घरेलु हिंसाका घटनाको उजुरी घट्दो रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङमा महिला हिंसाका उजुरी दर्तामा कमी आएको छ । जिल्लामा आर्थिक वर्ष २०७६/०७७ देखि ०७९/०८० को हालसम्मको तथ्याङ्क हेर्दा महिला हिंसाका घटनाको उजुरी घट्दो रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता(डिएसपी) श्याम बहादुर खत्रीले जानकारी दिनुभयो।
प्रवक्ता खत्रीका अनुसार धादिङ प्रहरीमा आर्थिक वर्ष २०७६/०७७ मा २१२ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष ७७/०७८ मा १९५ र ०७८/०७९ मा ७८ वटा मुद्धा दर्ता भएको छ ।
गत तिन आर्थिक वषको तुलनामा उजुरी क्रमस घट्दै गएको उहाँले बताउनुभयो । आ.व. २०७९/८० को साउनदेखि हालसम्म २८ वटा निवेदनहरु प्रहरी कार्यालयमा दर्ता भएको प्रवक्ता(डिएसपी) खत्रीले बताउनुभयो । जसमध्ये १५ वटा मिलापत्र गरिएको, ९ वटा बाँकी रहेको र ४ वटा सम्बन्धित कार्यालयमा पठाएको उहाँको भनाई छ ।
जिल्लामा सबैभन्दा बढी घटनाहरु आत्महत्या, दोस्रोमा जबरजस्ती करणी र तेस्रोमा बहुबिबाह देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता(डिएसपी) खत्रीले बताउनुभयो। चालु आवको साउनदेखि यता हालसम्म आत्महत्या २२ वटा, जबरजस्ती करणी २२ वटा र बहुबिबाहको ३ वटा मुद्धा दर्ता भएको खत्रीले बताउनुभयो।
अहिले विश्वव्यापी रुपमा मनाउँदै आएको लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसा र घरेलु हिंसालाई न्युनिकरण गर्ने उद्धेश्यले १६ दिनसम्म जिल्लाका सबै क्षेत्रहरुमा लैङ्गिक हिंसा विरुद्धका सचेतनात्मक कार्यक्रमहरु संचालन गर्ने खत्रीले बताउनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |