वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सामाजिक संजालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेल सेक्यूरिटि गार्डमा काम गरिरहेको भन्दै उनले २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले आरोप लगाएको छ ।
कम्बोडियाको आकर्षक तलव सुविधासहितको सेक्यूरिटि गार्डमा काम मिलाई दिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै २३ लाख ९७ हजार पीडितबाट बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका हुन् ।
प्रहरीका अनुसार उनले विभिन्न ब्यक्तिहरुको नाममा संचालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए ।
पक्राउ परेका आचार्यलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |