प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो ।
आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी छ ।
‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले निम्नानुसारका कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन यो सूचना जारी गरिएको छ ।
तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने बेहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |