काठमाडौँ उपत्यकामा आज गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारबाहीमा परेका छन् । यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारबाही गरिएको छ ।
चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज तथा सुरक्षित तवरले सवारी आवागमन गराउन ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |