खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको पुनः वितरण कार्यक्रममा बोल्दै उनले काठमाडौंमा १२ महिना नै पानी वितरण गरिने बताए ।
उनले भने, ‘काठमाडौं उपत्यकाको खानेपानीको समस्या पटक पटक दोहोरिन दिनु हुँदैन। यसलाई दीर्घकालीन रूपमा अन्त्य गर्नुपर्छ ।’ मन्त्री चौधरीले मेलम्चीको विकल्पको रूपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोलाको पानी ल्याउन सकिने पनि उल्लेख गरे । उनले सो कार्यका लागि आफ्नै कार्यकालमा पहल थाल्नेसमेत बताएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |