निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
असोज १२ गतेदेखि देशभर लागू रहेको निर्वाचन आचारसंहिता मंसिर २६ गतेदेखि लागू नरहने निर्णय आयोगले गरेको छ,’ उनले भने, ‘निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता हटाइएको हो ।’
यसअघि मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनगर गर्दै आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको थियो । सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |