श्रीमान्को घाँटी थिचेर हत्या गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए ।
रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमान्को घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए । लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर श्रीमान्लाई मारेको प्रहरीमा बयान दिएकी छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |