देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएकाे छ ।
जाजरकोट- छेडागाड नगरपालिका-४ खातिजेवाबाट नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२-०० १ च ०४२९ नम्बरको जिप सोही नगरपालिका-४ भिरबाटीमा अनियन्त्रित भई करिब २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जीप चालक दैलेख भगवतीमाई गाउँपालिका-२ बस्ने ३५ वर्षीय मान बहादुर रावत समेत १२ जनाको मृत्यु भएको छ ।
उनीहरुमध्ये ११ जनाको घटनास्थलमै र दुर्घटनामा गम्भीर घाइते भएका छेडागाड नगरपालिका-५ बस्ने ४८ वर्षीय जयलाल अधिकारीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा बा.२ ख ३२२३ नम्बरको माइक्रो बस र बा.९१ प ७४८० नम्बरको मोटरसाइकल एक-आपसमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक नागार्जुन नगरपालिका-४ घर भएका २२ वर्षीय रविन लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर- ललितपुर महानगरपालिका-१७ बिएण्डबि आकासे पुल नजिक सडकमा बा.१६ प १२२८ नम्बरको मोटरसाइकल बा.२ क १३२५ नम्बरको टिपरमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ६० वर्षीय योगराज सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ- दंगिशरण गाउँपालिका-३ एकलीमा रा.१ त ४५९३ नम्बरको ट्याक्टरबाट लडेर सोही ट्याक्टरमा काम गर्ने दंगिशरण गाउँपालिका-६ थपगाउँ बस्ने १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा- सहिदनगर नगरपालिका-५ बासुदेपट्टीमा प्र.२-०२-००१ स १११६ नम्बरको अटोबाट लडेर अटोमा सवार जनकपुर उपमहानगरपालिका-१ धर्मवान टोल बस्ने ४० वर्षीया रामतोला देवी साहको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही- लुम्बिनी साँस्कृतिक नगरपालिका-६ लोखडियामा लु.१ ख ७४८० नम्बरको ट्रक र लु.७२ प ३५३५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका-४ सुण्डी बस्ने २० वर्षीय रामकरण मुराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |