गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले गृह प्रशासनका साथै मातहतका कार्यालयलाई उक्त निर्देशन दिनुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।
उहाँले आजै जाजरकोटमा भएको उक्त घटनाबारे जानकारी लिँदै मृतकको शव परिवारसम्म लैजानका लागि सहजीकरण गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले जाजरकोट जिल्लाको सुरक्षा निकायलाई दुर्घटना न्यूनीकरण गर्नेबारेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयका अनुसार जाजरकोटमा सोमबार भएको दुर्घटनामा जिपमा रहेका गाडी चालकसहितका १२ जनाको निधन भएको थियो । स्थानीय प्रशासनका अनुसार नौ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजाँदै गर्दा र अस्पतालमा निधन भएको जनाइएको छ ।
दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका वडा नं ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |