ऐतिहासिक धरहरा पुनर्निर्माणको काम रोकिएको छ ।
धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन् ।
काठमाडौं महानगरपालिका–२२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्त्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी निर्माण कम्पनीले डोजर लगाएर १ लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गर्ने तयारी गरेको थियो । पाइपलाई नष्ट गरेपछि धरहरा पुनर्निर्माणको बाँकी काम रोकिएको हो ।
अध्यक्ष महर्जनले भने, ‘धरहरा बनाउनेले सुनधारा बनाउँछन् भन्ने कुरामा विश्वास रहेन, अब विज्ञको रोहवरमा मात्र सुनधारा पुनर्निर्माणको काम अघि बढाउनुपर्छ ।’ त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताए ।
मौलिक कला, संस्कृतिको नमूनाका रूपमा रहेको ऐतिहासिक सुनधाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन नहुने अध्यक्ष महर्जनले जोड दिए । विक्रम संवत् २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको सम्पदाको भूकम्प गएको ३ वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको धरहरा पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा २०७५ पुस १२ गते थालनी गरेका थिए ।
बयालीस रोपनी क्षेत्रफलमा निर्माण शुरू गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेश रहने छ । नयाँ धरहरामा बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना रहनेछन् । धरहरा टावरको पुनर्निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको थियो ।
उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म टावर आसपासको अन्य निर्माणको काम सम्पन्न भएको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |