धादिङ,०३ पौष ।
धादिङका बिभिन्न स्थानबाट ९९ किलो लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् ।
थाक्रे गाउँपालिका–५ स्थित दामेचौरदेखी महादेववेशी जाने कच्ची सडकबाट ९३ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका–४ का २१ वर्षीय ईमान तामाङ र ६० वर्षीय काले तामाङ रहेका छन् । शनिबार बिहान करिब ३ बजे ईमान तामाङले चलाई ल्याएको ग १ त ६१६१ नं को ट्याक्टरमा चेकचाँज गर्दा ९३ केजी अवैध लागूऔषध गाँजाको सुकेको बोट फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, शुक्रबार बिहान धुनिबेशी नगरपालिका–७ नौबिसेबाट ६ किलो ५ सय ग्राम गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१५ बस्ने २६ वर्षीय सन्तोष महर्जन र सोही ठाउँका २१ बर्षिय सर्जन देउला रहेका छन् ।
प्रदेश नं ३ ०३–०३ प ११८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
आईतबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेलन गरी पक्राउ परेका चारैजनालाई सार्वजनिक गरिएको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |