नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका छन् ।बुधबार काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् ।
उनले सबैको सक्रियताले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै अब प्रहरीको नियमित काममा केन्द्रित रहनसमेत निर्देशन दिए । प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न के-कस्ता काम भएस यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए ।
नागरिकबाट आउने महत्त्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने समेत महानिरीक्षक सिंहले बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |