प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।
१५ पुस २०७९ बाट विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन लागेको थियो । तर, यस निर्णयको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहात र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्काे आलोचना भइरहेको थियो ।
तर, शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै तत्काललाई सो निर्णय कार्यान्वयन नहुने भएको छ ।
१५ पुस शुक्रबारबाट सरकारले एक थानभन्दा बढी मोबाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |