गृह मन्त्रालयले नेपाल टि–२० क्रिकेट लिगका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
लिग विवादमा परेपछि मन्त्रालयले हिजो एक विज्ञप्ति निकालेर म्याच फिक्सिङ तथा आयोजक सम्पर्क बाहिर रहेको र खेलाडीको पारिश्रमिकमा अनियमिता भएकोबारे आवश्यक छानबिन गर्न भनेको हो ।
‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले यस विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जे–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु/गराउनु हुन उपप्रधानमन्त्री तथा गृहमन्त्रीको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गएको पुस ९ गतेदेखि कीर्तिपुर मैदानमा लिग सुरु भएको हो । प्राप्त निर्देशनको आधारमा अनुसन्धान सुरु गरिसकेको प्रहरीको भनाई छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |