धादिङ,२२ पुष ।
काठमाडौँबाट दुई दिनमा ३८ जना बिचौलिया समातिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालयबाट १३ जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूले ती कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई सेवा लिनेदिने कार्यमा बाधा पु¥याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिने प्रलोभनमा छिटो काम गरिदिने आश्वासन दिने गरेको प्रहरीले जनाएको छ।
गर्न नसक्ने कामलाई सजिलै गरिदिन्छौँ भनेर भ्रममा पारी सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध पु¥याएको गुनासो आएपछि प्रहरीले हिजो र आज यातायात व्यवस्था र वैदेशिक रोजगार कार्यालयमा अनुगमन गरेको थियो।
पक्राउ परेका ३८ जना व्यक्तिउपर मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट १० दिन म्याद थपिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यी हुन् यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट पक्राउ परेका व्यक्तिः
१) रौतहट जिल्ला विजयापुर नगरपालिका वडा नं. ११ का २१ वर्षीय आनन्द चौधरी।
२) काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. ८ का २० वर्षीय निशान रिजाल।
३) सुनसरी जिल्ला इटहरी न.पा वडा नं. ९ का २६ वर्षीय किशोर थापा।
४) काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. ८ का ३० वर्षीय नवीन श्रेष्ठ।
५) झापा जिल्ला बिर्तामोड न.पा. वडा नं. ६ का २८ वर्षीय अभिषेक चौधरी।
६) मकवानपुर जिल्ला हे.न.पा. वडा नं. ३ का २४ वर्षीय सुमेश नेपाली।
७) काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. ८ का २५ वर्षीय रुबिन तामाङ।
८) कास्की जिल्ला पोखरा उ.म.पा. वडा नं. ३ का २८ वर्षीय सिर्जन थापा।
९) चितवन जिल्ला खैरैनी न.पा. वडा नं. १ का ३१ वर्षीय प्रदीप सुनार।
१०) सर्लाही जिल्ला न.पा. वडा नं. १ का २३ वर्षीय अनिश हमाल।
११) सिन्धुपाल्चोक जिल्ला पाखर गा.पा. वडा नं. १ का २२ वर्षीय विवश तामाङ।
१२) झापा जिल्ला बिर्तामोड न.पा. वडा नं. ६ का २५ वर्षीय आशिष खड्का।
१३) नुवाकोट जिल्ला बिदुर न.पा. वडा नं. १ का २१ वर्षीय आकाश बोगटी।
१४)काठमाडौँ जिल्ला गोकर्णेश्वर न.पा. वडा नं. ८ का २४ वर्षीय पासाङ शेर्पा।
१५) कञ्चनपुर जिल्ला कृष्णपुर न.पा. वडा नं. १ का २३ वर्षीय आकाश क्षेत्री।
१६) अछाम जिल्ला साफेबगर न.पा. वडा नं. ५ का २४ वर्षीय एकेन्द्रबहादुर बुढा।
१७) डडेलधुरा जिल्ला गन्यापधुरा गा.पा. वडा नं. ३ का २३ वर्षीय मनोज देउवा।
१८) बारा जिल्ला जितपुर सिमरा उ.म.पा. वडा नं. ४ का २६ वर्षीय नवीन आले मगर।
१९) गोरखा जिल्ला बिन्दीन गा.पा वडा नं. १ का २८ वर्षीय विकाश गुरुङ।
२०) नुवाकोट जिल्ला दुप्चेश्वर गा.पा. वडा न ७ का २८ वर्षीय टासी नङगेल तामाङ।
२१) दोलखा जिल्ला पौवटी गा.पा. वडा नं. ९ का २० वर्षीय प्रदीप भन्ने प्रतापसिंह थापा।
२२) मोरङ जिल्ला सुनसरी न.पा. वडा नं. २ का २२ वर्षीय अनिष कार्की।
२३) रुकुम (पूर्व) जिल्ला फुब्याउत्तर गंगा गा.पा.वडा नं.५ १२ का २० वर्षीय विनय बुढा मगर।
२४) सिन्धुली जिल्लाकमलामाई न.पा. वडा नं. १२ का १९ वर्षीय प्रवेश बुढाथोकी।
२५) काठमाडौँ जिल्ला गोकर्णश्वर न.पा. वडा नं. ८ का २० वर्षीय दोर्जे तामाङ।
यी हुन् वैदेशिक रोजगार तथा श्रम विभागबाट पक्राउ परेका व्यक्तिः
१) भारतको दार्जीलिङ घर भई हाल का.म.पा. वडा नं. १३ बाफल बस्ने २७ वर्षीय ऋषि मोक्तान।
२) संखुवासभा जिल्ला रातामाटे घर भई हाल का.म.पा. वडा नं. १३ बाफल बस्ने २६ वर्षीय सन्तोष अधिकारी।
३) काठमाडौँ जिल्ला का.म.पा. वडा नं. १३ ताहाचल बस्ने ३२ वर्षीय सनम मानन्धर।
४) काठमाडौँ जिल्ला का.म.पा. वडा नं. १४ कुलेश्वर बस्ने २७ वर्षीय विशाल रिसाल।
५) झापा जिल्ला कनकाई न.पा. वडा नं. ४ घर भई हाल का.म.पा.– १४ कलंकी बस्ने ३१ वर्षीय कमलप्रसाद पराजुली।
६) काठमाडौँ जिल्ला का.म.पा. वडा नं. १४ बस्ने २८ वर्षीय पुरुषोत्तम थापा।
७) धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं. २ बस्ने ३० वर्षीय सागर कुँवर।
८) उदयपुर जिल्ला ताप्ले गापा वडा नं ५ घर भई हाल का. म.पा.–१४ कुलेश्वर बस्ने ३२ वर्षीय प्रवीणकुमार मगर।
९) सिराहा जिल्ला करजना न.पा. वडा नं १३ घर भई हाल का.म.पा.–१३ बस्ने २६ वर्षीय सागर आले।
१०) उदयपुर जिल्ला त्रियुगा न.पा. वडा नं. ७ घर भई हाल का.म.पा.–१४ बस्ने २५ वर्षीय दीपेश राई।
११) रामेछाप जिल्ला मन्थली न.पा. वडा नं. ६ घर भई हाल कागेश्वरी मनहरा न.पा.–११ बस्ने ३० वर्षीय कटकबहादुर माझी।
१२) सल्यान जिल्ला शारदा न.पा. वडा नं १५ घर भई हाल का.म.पा.–१४ ताहाचल बस्ने ३७ वर्षीय शशिप्रकाश हमाल।
१३) गुल्मी जिल्लाछत्रकोट–६ घर भई हाल का.म.पा.–१३ बस्ने २४ वर्षीय नरेश सोमारे मगर।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |