धादिङ,२६ पुष।
धादिङको धार्के सहित २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित २० वटा स्टेसन सञ्चालनमा ल्याएको हो ।
देशका विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि सञ्चालन ल्याएको हो । प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ।
मुग्लिनमा सीसीएस, चितवनको पारस बसपार्कमा सीसीएस र जीबीटी, काठमाडौं उपत्यकाको साझा यातायात सेवा, बल्खुमा जीबीटी र सीसीएस, नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा सीसीएस स्टेसन सञ्चालनमा ल्याएको हो ।
यसैगरी साझा पुल्चोकमा जीबीटी, नेपाल पुलिस क्लबमा सीसीएस, सिन्धुलीको खुर्कोटमा दुईवटा जीबीटी, सिन्धुली बसपार्कमा जीबीटी, इलाका प्रहरी कार्यालय बर्दिबासमा जीबीटी र सीसीएस, सर्लाहीमा हरिवनमा जीबीटी र सीसीएस, कास्कीमा कालिका फ्युल (एपीएफ) मा दुईवटा र टुरिष्ट बसपार्क पोखरामा गरि २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।
जीबीटीमा ठूला सवारी साधन चार्ज हुन्छ भने सार्वजनिक सवारीसाधनको चार्ज हुन्छ । प्राधिकरणले देशका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माणको जिम्मा चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीलाई दिएको थियो।
सम्झौता अनुसार एक वर्षमा तयार पारिसक्नुपर्ने चार्जिङ स्टेसन गत असारमा नै पुरा हुनुपथ्र्यो । तर विभिन्न प्राविधिक कारण देखाउदै ढिला गर्दै आएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |