धादिङ,२८ पुष ।
जिल्ला निर्वाचन कार्यालय धादिङले माघ २ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै माघ २ गते देखि जिल्ला निर्वाचन कार्यालय धादिङमा प्रि इनरोलमेन्ट प्रणाली(अनलाइन) बाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम(त्रुटि सच्याउने,नामावली सार्ने लगाएतको काम सुचार हुने जनाएको छ ।
बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा,विवाह वा बसाइँ सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाइँ सराइँ दर्ता प्रमाणपत्रका आधारमा आवश्यक प्रमाणसहित प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो । आगामी माघ २ गतेदेखि धादिङसहित ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्नेगरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउनु हुन तथा कानून बमोजिम मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ताका लागि अनलाइनमार्फत आवेदन दिन आयोगले आग्रह गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |