धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर २ मा साइबर सुरक्षासम्बन्धी दुई दिने अभिमुखीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा एड चौतारी प्रालिको आयोजनामा बिहीबार र शुक्रबार वडा नम्बर २ को महाकाली मावि सिम्ले र वडा नम्बर ६ को जनजागृति माविमा अभिमुखीकरणसम्बन्धी कार्यक्रम गरिएको हो ।
साइबर सुरक्षाबारे सहजकर्ता विनोद भट्ट र केशवप्रसाद रुपाखेतीले कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिएका थिए । जसमा साइबर अपराध र साइबर सुरक्षाबाट कसरी बच्ने ? जस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।
शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको कार्यक्रममा सामाजिक सञ्जालको प्रयोग, पासवर्ड के कसरी राख्ने ? फेसबुक, जिमेल, बैंक अकाउन्ट कसरी सुरक्षित गर्ने ? कुनै ठाउँमा जाँदा तस्बिर राख्ने कि नराख्ने ? विदेशबाट पैसा आएको प्रलोभन दिँदा के गर्ने ? जस्ता विषयमा सहजकर्ता भट्ट र रुपाखेतीले जानकारी दिएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |